‘हामी भन्ने भावना राखेर काम गरौं’: मेयर आचार्य
कास्की | जेठ १२, २०७९
पोखरा: पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर धनराज आचार्यले हामी भन्ने भावना राखेर काम गर्नुुपर्ने बताएका छन् ।
मुुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाद्वारा पोखरामाम आज आयोेजित नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र तथा सपथग्रहण समारोहमा सपथ ग्रहणपश्चात बोल्दै आचार्यले यस्तो अभिव्यक्ति दिएका हुुन् ।
उनले कूनै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको साझा जनप्रतिनिधि भएको उल्लेख तर्क राखे ।
‘म भन्ने कुुरा भन्दा माथि उठेर हामी भन्ने कुुरामा रहेर काम र कारवाही गरौं । आमसभाबाट निर्वाचित भएर अब हामी तपाईहरु सबैको साझा प्रतिनिधि भएर आइसकेका छौ । अब हामीले हामी भन्ने भावनामा रहि तपाइहरुको समस्या समाधान गर्नेछौं, उनले भने, ‘हाम्रो पहिलो मिसन ‘मिसन पोखरा’ हुुने छ । पोखरालाई स्वच्छ, सुुन्दर पोखरामा परिवर्तन गर्नेछौ ।’
नगर प्रमुख आचार्यले आफुलाई अमुुल्य मत दिएर जिताएको भन्दै आम पोखरेली नागरिकलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

